पुस १२ गते। गहुँको न्युनमत समर्थन मूल्य तोकिएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ ।
बिहीबार बसेको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ तोकेको छ । गत वर्ष सरकारले ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । यो करिब ९ प्रतिशतले बढी हो ।
सरकार गहुँ, उखुलगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । उत्पादन लागतको तथ्याङ्क विश्लेषण नभइसकेका भन्दै यसपटक निकै ढिलो गरेर समर्थन मूल्य तोकिएको हो ।
Discussion about this post