मंसिर ७ गते। मोटरसाइकलको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ ।
सर्लाही जिल्लाको रामनगर गाउँपालिका ६, सिसौटमा बुधबार साँझ करिब ७ बजेको समयमा बरहथवाबाट गडहीयातर्फ जाँदै गरेको बा ९१ प् ४२६९ नम्बरको मोटरसाइकलको ठक्करबाट गोडैता नगरपालिका ४ का ४५ वर्षीय अमिर खाँ हजारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका हजारीलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगञ्जतर्फ लग्दै गरेकोमा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात मोटरसाइकल चालक फरार रहेका छन् यसको खाेजी कार्य भइरहेको प्रहरीकोजनाए ।














Discussion about this post