मंसिर १ गते। बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार राति करिब १२ बजेको समयमा रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पुर्व पश्चिम राजमार्गको पश्चिम तर्फ लमाहा नजिक बेहोस अवस्थामा मधेशी मुलका ५५/६० वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेका थिए ।
टाउकोमा चोट लागेको, दुबै खुट्टा भाचिएको अवस्थामा बेहोस अवस्थामा फेला परेका पुरुषलाई उपचारको लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पठाइएकोमा उपचारको क्रममा शुक्रबार बिहान करिब ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनको सनाखत अहिलेसम्म नभएको प्रहरीले जनाएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धानन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।














Discussion about this post