सप्तरी/कार्तिक २२ गते। पाँच राउण्ड गोलीसहित दुई युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुसार पक्राउ पर्नेमा सिराहाको लक्ष्मिपुर पतारी गाउँपालिका २ बस्ने १९ वर्षीय धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षीय हरी शंकर कुमार यादव रहेको छ।

मंगलबार साँझ खडक नगरपालिका ११ बनौली स्थित हुलाकी सडक खण्डमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले धर्मजीतको साथबाट ५ राउण्ड राईफलको ९३०३० गोलि बरामद गरेको हो। यस्तै उनको साथमा रहेका हरी शंकरलाई समेत पक्राउ गरी मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजनासम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए।

















Discussion about this post