गिरिजानन्द/जनकपुरधाम/कार्तिक १७ गते । लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामको संयुक्त अायाेजनामा निःशुक्ल दन्त शीविर सम्पन्न गरेकाे छ । धनुषाको बघचौरा स्थित सामुदायिक स्कुलको बालबालिकाको लागि निःशुक्ल दन्त शिविर सम्पन्न गरेकाे हो ।

शिविरमा ४०० जना बालबालिकाको दाँत परिक्षण गरिएको लियो क्लवका अध्यक्ष विकाश साहले जानकारी दिए । ४०० जना विद्यार्थीहरुलाई दातको सरसफाईका लागि सामाग्री समेत वितरण गरिएको थियो ।


लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधाम आयोजना र मधेस सशक्तीकरण अभियान (एमइसी) को प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियाे ।

निःशुक्ल दन्त शिविर कार्यक्रममा प्रमुख अतिथिमा हंसपुर नगरपालिकाका प्रमुख प्रदीप यादव को उपस्थिती रहेको थियो। साथै कार्यक्रम माननीय प्रदेश प्रमुख तथा लायन्स क्लब अफ जनकपुरधाम गार्गी को अध्यक्ष लायन्स अन्जना पण्डित को अध्यक्षतामा सम्पन्न भएको थियो ।



















Discussion about this post