nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

युवतीसंगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको प्रहरीको दाबी झुठो : मृतक रुपेशका परिवार

मृतकको परिवार भन्छ्न-प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गर्यो

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०८०, १०:२८ मध्यान्ह
युवतीसंगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको प्रहरीको दाबी झुठो : मृतक रुपेशका परिवार

कार्तिक १५ गते। बाराको कलैयामा गत सोमबार गोली प्रहार गरी कलैया बाल एकता बोडिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्नुको साटो उनको चरित्र हत्या गरेको परिवारका सदस्यहरूले आरोप लगाएका छन्। बुधबार कलैयामा प्रहरीले हत्यामा संलग्न मध्येका पाँच जनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेलगत्तै मृतक रुपेश सर्राफको परिवारले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बारा प्रहरीले दिनदहाडै हत्याको चुनौति थेग्न नसकेपछि बिना प्रमाण व्यक्तिहरुलाई फँसाएको आरोप लगाएको छ ।

प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले पाँच अभियुक्तलाई सार्वजनिक गर्दै युवतीसंगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको जानकारी गराएका थिए ।

तर पत्रकारहरुसंगको कुराकानीमा मृतक रुपेशका दाजु सुबोध सर्राफले युवतीसंगको प्रेम सम्बन्धका कारण भाई रुपेशको हत्या भएको भन्ने प्रहरीको दाबी झुठो रहेको जिकिर गरे । उनले पक्राउ परेकी राधा गुप्तासंग आफनो भाई रुपेशको कुनै प्रेम सम्बन्ध नरहेको दाबीपनि गरे ।प्रहरीले भनेजस्तो रुपेशको चरित्र नभएको उनले बताए ।

सुबोधले भने,‘ प्रहरीको अनुसन्धान प्रति हामीलाई चित्त नै बुझेको छैन । मेरो भाई (मृतक रुपेश) को चरित्र बारे औंला उठाउने कुनै ठाँउ नै छैन । प्रहरीले अनुसन्धानमा झारा टार्न मृतक रुपेश र आफनो परिवारको चरित्र हत्या गरेको गुनासो उनले गरे । रुपेशलाई गोली हान्ने अपराधी चार जना मध्ये अहिलेसम्म एक जनालाइ पनि पक्राउ गर्न नसकेको प्रहरीले आफनो कमजोरी ढाकछोप गर्ने प्रयास गरिरहेको सुबोधले बताए ।

बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक समेत रहेका सुबोधले प्रहरीले पक्राउ गरेका मध्ये दुई जना युवक निर्दोष रहेको र प्रहरीले झुठो आरोपमा फसाएकोपनि बताए । उनले भने,‘ मेरो स्कुलका दुई जना स्टाफ निर्दोष छन् । उनिहरुलाई यातना दिएर लिएको बयान गलत छ ।

हत्याको मुख्य योजनाकार भनेर प्रहरीले सार्वजनिक गरेको कलैया ६ की २२ वर्षिया राधा गुप्ता आफनो स्कुलमा ७ महिनापहिले लेखापालमा कार्यरत रहदाँ उनको गलत गतितविधी देखिएपछि स्कुलबाट निकालिदिएको सुबोधले बताए । त्यसयता रुपेशसंगको उनको कुनै सम्बन्ध नै नरहेको दाबी उनले गरे ।

पक्राउ परेका निर्दाेष आफना दुई कर्मचारीलाई रिहा नगरे र गोली हान्ने अपराधीलाई पक्राउ नगरिए आफुहरु प्रहरीविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनीपनि उनले दिए ।

उनले भने,‘ मेरो मृतक भाईलाई केटीसंगको नाम जोडेर बदनाम नगरियोस्, घटनाको सत्यतथ्य छानबिन गरि वास्तविक अपराधीलाई पक्राउ गरियोस् । प्रहरी हिरासतमा राखिएका आफनो स्कुलका दुई कर्मचारीलाई तत्काल रिहा गरियोस् । हाम्रो माग यहि छ।’

यसअघि बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुरेश काफलेले रुपेशको हत्या राधा गुप्तासंगको प्रेम सम्बन्धका कारण भएको भन्दै हत्यामा संलग्न राधासहित पाँच जनालाई सार्वजनिक गरेका थिए ।

कलैया ६ मदर्शा टोलस्थित बाल एकता इंग्लीश बोर्डिङ स्कुलका प्रधानाध्यापक ३६ वर्षिय रुपेशको गत सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा सवार भइ आएका चार जना बन्दुकधारीले चार राउन्ड गोली हानी हत्या गरेका थिए ।

 

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि