जनकपुरधाम/कार्तिक ६ गते । धनुषाको सबैलामा टिकटक स्टार प्रिति पासवान र उनका टिममाथि दर्शकहरुले ढुँगामुढा र चप्पल जुत्ता प्रहार गरेको छ ।
प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार, प्रीती पासवानको उच्छृँग डान्स, अश्लिल हाउभाउको डान्सले उत्तेजित भीडले उनीमाथि ढुँगामुढा, चप्पल जुत्ता प्रहार गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार, नाच्ने क्रममा उत्तेजित भीडले उनीमाथि बियरको बोतल समेत प्रहार गर्न थालेपछि उनी स्टेज छाडेर भागेको बताईएको छ ।
यता, ईलाका प्रहरी कार्यालय सबैलाले नियम विपरित अश्लिल प्रकारको नाच नचाउन थालेपछि बन्द गराउन जाँदा झडप उत्पन्न भएको बताए । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक सुन्दर चौलागाईका अनुसार, उत्तेजित भीडले प्रहरीमाथि समेत ढुँगामुढा गर्दा ३ जना प्रहरी घाईते भएको बताएका छन् ।
प्रीती पासमान र उनको टोलीलाई बचाउने क्रममा प्रहरी घाईते भएको प्रहरी नीरिक्षक चौलागाईले जानकारी दिए । नृत्याँगनाहरु लाई ढुँगामुढा र चप्पल जुत्ता प्रहार गर्न थालेपछि उनीहरुलाई सेफ्टी बुथ मार्फत सुरक्षा दिएको बताईएको हो ।

















Discussion about this post