nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्वकप क्रिकेट : भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेपछि न्युजिल्याण्डको अपराजित यात्रामा लाग्यो पूर्णविराम

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ५, २०८०, १०:४७ मध्यान्ह
विश्वकप क्रिकेट : भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेपछि न्युजिल्याण्डको अपराजित यात्रामा लाग्यो पूर्णविराम

कार्तिक ५ गते। एकदिवसीय विश्वकप क्रिकेटमा आज भएको खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यो जीत संगै प्रतियोगितामा लगातार पाँचौ जीत हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने हालसम्म अपराजित रहेको न्युजिल्याण्डले पहिलो हारको स्वाद चाख्न बाध्य बनेका छ्न । आज खेलमा जीत हासिल गरेको भारतले विश्वकपमा न्युजिल्याण्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २००३ को विश्वकपमा न्युजिल्याण्डलाई हराएको थियो ।

भारतको जीतमा फेरि एक पटक विराट कोहली हिरो बनेका छ्न । उनले आजको खेलमा भारतको तर्फबाट सर्वाधिक ९५ रनको योगदान दिए । उनी सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक ४९ शतकको कीर्तिमानबाट मात्र ५ रनले चुके । उनले १०४ बलमा ८ चौका र २ छक्का हिर्काए । रवीन्द्र जडेजाले नटआउट ३९ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्मा र शुभमन गिलले टोलीलाई राम्रो सुरुवात दिलाए । लोकी फर्गुसनको बलमा बोल्ड हुन अघि रोहितले ४० बलमा ४६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए । गिल पनि फर्गुसनकै शिकार बने । उनले २६ रन बनाए ।

श्रेयर ऐयरले ३३ तथा केएल राहुलले पनि क्रमशः ३३ रन र २७ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए । न्युजिल्याण्डका लागि फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।

यसअघि मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कूलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए ।

न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक १ सय ३० रन बनाए भने रचिन रवीन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल यङले १७ रन बनाए । अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।

प्रतियोगितामा लगातार पाँचौ जीत हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उता हालसम्म अपराजित रहेको न्युजिल्याण्डले पहिलो हारको स्वाद चाख्न बाध्य बनेको छ ।

 

Discussion about this post

Related Posts

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि