जनकपुरधाम/कार्तिक ५ गते। जनकपुरधाम स्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली सुरु भएको छ । बोकाबली बेलुका ८ बजेर २० मिनेट देखि सुरु भएको छ।
राजदेवी मन्दिरमा यसपाली पनि ४ वटा ठेहा सँचालन गरिएको छ । बोकाबलीको लागि महावीर युवा कमिटिले ४ ठेहा लगाएको हो ।

यस बर्ष जनकपुरधाम उपमहानगरपालिकाले चढाइएको बोकाको व्यवस्थापनका लागि प्लाष्टिकको बोराको व्यवस्था गरिदिएको छ । बोका चढाइएपछि सो बोरामा हालेर बोकाधनीलाई जिम्मा लगाउने व्यवस्था गरिएको श्री महाविर युवा कमिटिले जनाएको छ ।

सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, जनकपुरधामका मेयर मनोज कुमार साह, निवर्तमान मेयर लालकिशोर साह, वर्तमान उपप्रमुख किशोरी साह सहितको उपस्थिती रहेको थियो ।

















Discussion about this post