कार्तिक ५ गते । बागमती नदीमा पौडि खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ ।
रौतहट र सर्लाहीको सीमा भएर बग्ने बागमती नदीमा नुहाउन गएका रौतहट राजदेवी नगरपालिका वडा नम्बर ९ व्रहम्पुरीका वीरेन्द्र दासको १० वर्षीय छोरा गौतम दासको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो १२ बजेको समयमा घर नजिकै रहेको कालि मन्दिर घाट बागमती नदीमा एकलै नुहाउने क्रममा पानीमा डुबेका थिए । स्थानीयले तत्कालै उद्धार गरी उपचारको लागि गौर अस्पतालमा पठाइएको थियोे । प्रादेशिक अस्पतालको इमर्जेन्सी सेवामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

















Discussion about this post