सप्तरी/कार्तिक ४ गते। सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना काे मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोदेबरसाइन नगरपालिका १ का ३५ वार्षीय रेमन्त साह रहेको प्रहरीले जनाएको छ ।
राजविराजबाट पश्चिमतर्फ गइरहेको स १०प ४७२ नम्बरको मोटरसाइकल शुक्रबार राति १० बजेको समयमा हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

















Discussion about this post