कार्तिक १ गते। प्रतिबन्धित लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला मोतीहारी, पूर्वी चम्पारण, गाविस झिटकैया बस्ने ३२ वर्षीय रामविश्वास पासवान रहेको बाराका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए। पासवानको साथबाट साढे दुई किलो गाँजा बरामद गरिएको छ ।
बारा प्रहरीले एम्बुलेन्समा गाँज ओसारपसार गर्ने एकजना भारतीय नागरिकलाई गाँजासहित पक्राउ गरेको छ ।
प्रहरीले भारतीय नम्बर बीआर ०५ पीबी ५५२३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ ।

















Discussion about this post