गिरिजानन्द/जनकपुरधाम/असोज २९ गते। जनकपुरधामको कपिलेश्वरमा क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। श्री कपिलेश्वर युवा क्रिकेट टिम कपिलेश्वरको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिका वडा न.-१६ कपिलेश्वरको सहकार्यमा वडा दशैको अवसर पारेर वडा कप २०८० सिजन २ क्रिकेट टुर्नामेन्टको आजबाट विधिवत उद्घाटन भइ खेलहरु शुरु भएको छ। कार्तिक ११ गते सम्म चल्ने यो टुर्नामेन्ट १६ वटा टीमले भाग लिएका छ्न।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ मा रहेको एक खेल मैदानमा प्रमुख अतिथि मधेस प्रदेशको सांसद रामसरोज यादवले ब्याटिङ गरी खेल सुरुवात गरे । वडा कप २०८० सिजन २ क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उदघाटन कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशको सांसद रामसरोज यादवले सरकारले कुनैपनि खेलकुदमा सरकारको ध्यान नरहेकोले सरकारले धेरै भन्दा धेरै ध्यान दिनु आवश्यक रहेको बताएका छ्न । उनले नेपाली क्रिकेट टोलिले अन्तरास्ट्रिय स्तरमा राम्रो खेलेर मन जितेको छ तर नेपाल सरकारले ती राम्रो खेलाडीलाई हौसला दिनुपर्नेमा त्यस्तो नगरेको बताए। साथै संसदमा खेलकुदलाई प्रोत्साहन गर्न र खेलकुदमा थप लगानी गर्नुपर्ने कुरा जोड्दार रुपमा राख्ने उनले प्रतिबद्धता जनाएका छ्न।
उदघाट्न समाहरोमा प्रमुख अतिथिमा मधेस प्रदेशको सांसद रामसरोज यादव,विशिष्ट अतिथिमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह,नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको उपाध्यक्ष गणेश झा,जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्बु प्रसाद साह,जनकपुरधाम उपमहानगरपालिका वडा न.-१० का अध्यक्ष मिथिलेश कर्ण,महिला नेत्री निलम कर्ण, महिला नेत्री लालो देवी सहीत विभिन्न संघ संस्थाका पदाधिकारीहरु र खेलाडीहरुको उपस्थिती रहेका थियो ।
कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाका उप-प्रमुख किशोरी साहले कार्यक्रममा बोल्दै खेलकुदले स्वस्थ्य सन्तुलित शरीर र उर्जावान बनाउन मद्दत गर्ने हुनाले युवाहरूका लागि खेलकुद आवश्यक रहेको बताएका छ्न।
आजको उद्घाटन खेल जनकपुरधाम उपमहानगर पालिका वडा न.-१० देवीचौक र जनकपुरधाम उपमहानगर पालिका वडा न.-१६ कपिलेश्वर बिचमा भएको छ । जसमा कपिलेश्वर क्रिकेट टीम ९ विकेटले विजय भएको छ। खेलमा वडा न. १० पहिले बल्लेबाजी गर्दै पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जम्मा ५४ रन बनाएको थियो । ५५ रनको झिलो लक्ष्य पाएका वडा न.-१६ को टिमले १ विकेट को क्षतिमा लक्ष्य पूरा गरेको थियो।
आजको उदघाट्न समारोह जनकपुरधाम उपमहानगरपालिकाका वडा न.-१६ का वडा अध्यक्ष रामचन्द्र पजियार को अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post