सप्तरी/असोज २५ गते । सप्तरीमा बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृ त्यु भएको छ।
पूर्व पश्चिम लोकमार्गमा भारदहबाट कञ्चनपुरतर्फ आउँदै गरेको प्र २—०३—००१ ख १०१० नम्बरको बसले कञ्चनरुप नगरपालिका २ बरमझियामा गए राति ठक्कर दिदा एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय राजकुमार गुप्ताका ६ वर्षिय छोरा योगेन्द्र गुप्ता छन् ।
ठक्कर दिने बस र चालक सुनसरी बराहक्षेत्र नपा ७ बस्ने हेमलाल माझी प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपककुमार रायले जानकारी दिएका छ्न ।














Discussion about this post