nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘रामबाबुको २५ वर्षको लगानी क्षणभरमै खरानी’

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २१, २०८०, ६:४४ मध्यान्ह
जनकपुरधाम स्थित जनकपुर बिग मार्टमा भिषण आगलगी, करोडौंको क्षति

जनकपुरधाम/असोज २१ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति भिषण आगलागी भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घण्टामै वारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लुगाकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो ।

सञ्चालक रामबाबु रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीन तले घरमा समेत क्षति पुगेकाले रु १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिनुभयो । उहाँले मार्टको दोस्रो तल्लामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताउनुभयो ।

‘क्षणभरमै जल्यो सम्पत्ति’

सर्लाहीको मलङ्गवा नगरपालिका—११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न हुनुहुन्छ । सुरुमा उहाँले काठमाडौँमा ‘डोर टु डो’ अर्थात् घरघरमा गएर सामान बेच्ने काम गर्नुभयो र पछि अरुकै पसलमा बजार व्यवस्थाकका रूपमा काम गर्नुभयो ।

सर्लाहीबाट झोला भिरेर काठमाडौँ छिर्नुभएका रायले केही समय अरूको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार सुरु गर्नुभयो । “म शून्य लगानीबाट उठेको मान्छे हो । सुरुमा काठमाडौँका घरघरमा गएर सामान बेचेँ । त्यसपछि काठमाडौँबाहिर जिल्ला जिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ”, भावविह्वल हुँदै रायले भन्नुभयो, “तर २५ वर्षसम्म गरेको मेहनत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकर सडकमा आएँ ।”

व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५÷१६ वर्ष उहाँले काठमाडौँको न्यूरोडस्थित रञ्जना हाउस र महाबौधबाट व्यापार गर्नुभयो । तर विसं २०७२ को गोर्खाभूकम्पपछि व्यापारमा मन्दि भएपछि जनकपुर झर्नुभएका रायले यहाँ रामानन्द चोक नजिकै कपडा व्यापार सुरु गर्नुभयो । छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोर समेत रहेको घरमा लगानी गर्नुभयो ।

“म एकै पटक ठुलो लगानी गरेर आएको होइन । स–सानो व्यापारबाट ठुलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएपछि जनकपुर आएको हुँ । यहाँ आएपछि अरू सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब तीन करोडमा यही घर र व्यापारमा लगानी गरेँ तर एकरातमा सबै सखाप भयो”, रायले भन्नुभयो । रायले यही व्यापारलाई बढाउन काठमाडौँको थानकोटमा रहेको चार आना जग्गा, लज र अरू सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैङ्क शाखा जनकपुरबाट रु तीन करोड ६५ लाख ऋण (लोन) लिएको बताउनुभयो ।

‘पीडामाथि पीडा’

रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उहाँको श्रीमती हुनुहुन्थ्यो । उहाँले बाहिर र श्रीमतीले पसल सम्हाल्ने काम गरिरहनुभएको थियो । “घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुई वटै किड्नी फेल भयो । त्यसपछि हाम्रो दुःखका दिन सुरु भए । आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो”, रायले आफ्नो पीडा सुनाउनुभयो ।

जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भोग्नुभयो । सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दिले समस्या भोग्नुभएका उहाँ दसैँ आएपछि केही भए पनि राहत होला भन्ने आशामा हुनुहुन्थ्यो । त्यसैलाई मध्यनजर गरी केही दिनअघि मात्रै नयाँ सामान ल्याउनुभएको थियो ।

“समस्या थियो तर पनि हिम्मत हारेको थिइन । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दसैँ तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपे तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए”, गम्छाले टिलपिलाएका आँसु पुच्दै रायले भन्नुभयो, “भगवान्! पीडामाथि पीडा किन दिएको रु अब के गरेर खानु रु कसरी ऋण तिर्नु कुनै विकल्प रहेन मसँग ।”

सबैभन्दा दुःखको कुरा त रायले बैङ्कबाट ऋण लिँदा गरिने बिमाबाहेक सामानको बिमासमेत गर्नुभएको छैन ।

“जायजेथा बेचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौँबाट भूकम्पले विस्थापित ग¥यो, फेरि उठ्न खोज्दै थिएँ । जनकपुरले त उठिबास् नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने !” रायले निराशा पोख्नुभयो । रासस

 

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि