गिरिजा नन्द/जनकपुरधाम/असोज २१ गते। जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर बिग मार्टमा राति आगलागी भएको छ ।
जनकपुर उपमहानगरपालिकाको वडा नं. ९ मुख्य सडक छेउमै रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो बिहान मात्र नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो ।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि पूर्ण रुपले क्षति पुगेको छ ।
सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए । मार्टको दोस्रो तल्लामा आफुहरु बस्ने गरेको र दम्पतीले भागेर ज्यान बचाएको उनले बताएका छन् । मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोड भन्दा बढीको क्षति पुगेको सञ्चालक रायको भनाइ छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

















Discussion about this post