जनकपुरधाम/असोज २० गते। मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले आयोजना गरेको मधेस सरकार र स्थानिय तहहरुबिच प्रयोगशाला सेवा सहकार्य कार्यक्रममा बोल्दै मधेसका सभामुख रामचन्द्र मण्डलले स्वास्थ्य पेशमा लागेकाहरुलाई विश्वास जित्ने गरी काम गर्न आग्रह गरेका छन् ।
उनले बिरामीहरुमा स्वास्थ्य सेवाप्रति विश्वास जगाउन आग्रह गरेका छ्न । उत्कृष्ट ल्याब रिपोर्ट सफल चिकित्सक बनाउने भएकाले अब मधेसमै आधुनिक स्तरको प्रयोगशाला भएपछि सहज हुने उनले बताए । यद्यपि पालिकाहरुमा खोलिएका प्रयोगशालामा दक्ष जनशक्ति नरहेको गुनासो आईरहेको समयमा ती प्रयोगशालाहरुमा कम्तीमा दक्ष चिकित्सकको दरबन्दी व्यवस्थापन गर्न तर्फ ध्यान पुर्याउनु रहेको उनको भनाई थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले मधेसमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन प्रदेश सरकार कटिबद्ध रहेको बताए । यहाँका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय सरकारको रहेकाले यस तर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेश हरेक सूचकांकमा पछाडी रहेकोमा चिन्ता व्यक्त गर्दै यसका लागि यहीँका व्यक्ति दोषी रहेको बताएका छ्न। कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो कुनै पनि कुरालाई हामीले नकारात्मक तरिकाले सोच्दा नै सबै सुचक नकारात्मक रहेको र यो चिन्ताको विषय पनि रहेको छ।
उक्त कार्यक्रमा मधेस प्रदेशमा रहेका पलिकाहरुको प्रमुख,पालिकाहरुको उप-प्रमुख,मधेस प्रदेशका विभिन्न क्षेत्रका सांसद जनप्रतिनिधिहरुको उपस्थिती रहएको थियो । कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले गरेको थियो ।
सो कार्यक्रममा मधेस प्रदेशमा रहेका पालिकाहरुमा रहेका प्रयोगशाला मध्ये उत्कृष्ट सेवा प्रदान गर्ने प्रयोगशालाहरुलाई सम्मान गरिएको थियो ।





















Discussion about this post