असोज १९ गते । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेका अभिव्यक्ति दिएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले विधेयकमा एसईईपछि एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई सचेत गराए ।
शिक्षा विधेयक कसको प्रयोजनका लागि त्यो पनि स्पष्ट नभएको बताउँदै उनले भने, ‘विधेयक कसको प्रयोजनको लागि ल्याइएको हो । त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई नै पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ । अहिले विधेयक संकीर्णवादी छ । यो विधेयक संघीयता विरोध पनि देखिएको छ ।’
यस विधेयकले गरिब समुदायका विद्यार्थीलाई समेत समेट्न नसकेको उनको दाबी छ । साथै जिल्ला शिक्षा कार्यालय खारेज गर्नुपर्ने उनको माग छ ।















Discussion about this post