असोज १९ गते। सप्तरीको महादेवा गाउँपालिकाको आठौ गाउँ सभा बिहिवार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलको अध्यक्षतामा आयोजित एक समारोहको विच गाउँसभा सम्पन्न भएको हो ।
पालिकाले स्वच्छ समाजको मुल आधार ,शिक्षा,कृषि,तथा भौतिक विकास एवम् स्वास्थ्य आहार तथा ब्यवहार भन्ने मुल नाराका साथ आठौ गाउँ सभा सम्पन्न गरेको जनाएको छ । अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०/०८१ मा पालिकाका ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेको बताए ।
कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम,प्रशासनिक,अति आवश्यक योजना,कर्मचारीहरुको तलव,भत्ता,लगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन गरेको उनले बताए । उनले यो गाउँपालिकामा ९५ प्रतिशत कृषि पेशा अङ्गालेकोले कृषिमा लागेलाई आत्म निर्भर बनाउनको लागी विधुतीकरणमा प्राथमिकतामा राखी बजेट, नीति तथा कार्यक्रम ल्याइएको बताए ।
कार्यक्रममा उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा,कानुन ब्यवसायी केशव प्रसाद दास,वडाध्यक्ष जयश्वर किशोर दास,जागेश्वर ईसर,लोसपाका युवा नेता सुरेन्द्र यादव,शंकर राउत,हरि नारायण यादवलगायतकाले शुभकामना मन्तब्य व्यक्त गरे ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।

















Discussion about this post