जनकपुरधाम/असोज १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई सहयोगसंगै दबाब दिनु पर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
बुधबार बिहान जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरको पत्रकार सम्मेलनमा उनले प्रचण्ड सरकार राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताएका हुन् । ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ’ र अझ राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने उनको भनाइ थियो । सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताए ।
‘नेपाली कांग्रेस पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको र हामी पनि यही सरकारलाई अघि बढाउने पक्षमा छौं,’ नेता नेपालले भने, ‘हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं ।















Discussion about this post