जनकपुरधाम/असोज १४ गते । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृ त्यु भएको छ ।
आइतबार दिउँसो सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका २० बस्ने वर्ष ५२ का अनिलकुमार झा रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । २५ जना घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर छ ।
घाइतेहरूको गोलबजारस्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post