असोज ११ गते। मधेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने जनकपुरका चिकित्सक अरुण झा रिहा भएका छन् । गल्ती स्वीकार गरेको र आयिन्दा यस्तो गल्ती नदोहरिने सर्तमा उनलाई रिहा गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मुख्यमन्त्री कार्यालयको मौखिक उजुरीको आधारमा आयूर्वेद चिकित्सक अरुण झा नामक व्यक्तिलाई पक्राउ गरेको थियो । समाजिक सँजालमा उनले मुख्यमन्त्रीको विरोधमा लेखेपछि उनलाई पक्राउ गरिएको थियो ।मौखिक उजुरी मात्र भएकाले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको डिएसपी अवाको भनाइ छ ।
झालाई पक्राउ गरेपछि चौतर्फी आलोचना र लोकतन्त्रमा वाक स्वतन्त्रता समेत मुख्यमन्त्रीले हनन गरेको टिकाटिप्पणी आएपछि उनलाई रिहा गरिएको हो । पक्राउ परेर छुटेका झा आयुवर्देदिक चिकित्सक हुन् । मधेश आन्दोलनमा उनी सक्रिय भूमिका निर्वाह गरेका थिए ।

















Discussion about this post