जनकपुरधाम/असोज १० गते। आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
विभिन्न कार्यक्रमसहित बुधवार जनकपुरधाममा पनि ४४ औं विश्व पर्यटन दिवस मनाइएको हो । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका मुल नाराका साथ ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ ।
दिवसको अवसरमा मधेश सरकारको उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयले जनकपुरधाममा बृक्षारोपण गर्नुका साथै प्रभात फेरी कार्यक्रम गरेको छ । बुधवार विहान जनकपुरधामको रेल्वे स्टेशनमा वृक्षारोपण गरि स्टेशनबाट जानकी मन्दिर सम्म प्रभात फेरी गरिएर दिवस मनाइएको छ ।
प्रभातफेरीलाई सम्बोधन गर्दै मन्त्री सुनिता यादवले नेपालको विकास र उन्नतीको एक मुल आधार पर्यटननै रहेकाले यस्को सम्भाव्यता र विकास आवश्यक रहेको बताइन । मधेश प्रदेशमा रहेका पर्यटनका केन्द्रहरुको थप स्तरन्नोती गर्न सकिए मधेशलाई पर्यटनको हव बनाउन सकिने उनको भनाई थियो । मन्त्रालयका राज्य मन्त्री रहवर अन्सारीले मधेशका धार्मिक पर्यटनका केन्द्रहरुको उचित सौन्दर्यकरण र विकास भए मात्र पर्यटक मधेशमा टिक्न सक्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह सहित वातावरण अभियानी, वृक्षारोपण अभियानी, पर्यटन व्यवसायी, व्यापारी, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढीरहेको छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानि क्रमशः देशीय र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तिब्र रूपमा अगाडि बढाएको पाइन्छ । यसले आन्तरिक विकास, देशको गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको, शोधनान्तर स्थिति सुध्रिएकोजस्ता प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ ।

















Discussion about this post