जनकपुरधाम/असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेका छन् । सोमबार एक समारोहबीच राष्ट्रपति पौडेलले संस्कृति केन्द्रको उद्घाटन गरेका हुन् । 
पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिका बुबा स्वर्गीय महेन्द्रनारायण निधिको नाममा निर्माण भएको संस्कृति केन्द्रको उद्घाटन राष्ट्रपति पौडेलले गरेका छन् ।
२०५७ सालमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । भट्टराई नेतृत्वको सरकारबाट भएको निर्णयबमोजिम जनकपुरधाममा स्वर्गीय महेन्द्रनारायण निधिको स्मृतिमा मिथिला संस्कृति केन्द्र स्थापना गर्ने परिकल्पना तयार भयो। महेन्द्र नारायण निधिकी धर्मपत्नी प्रेमसागर देवीले उक्त सांस्कृतिक केन्द्रको शिलान्यास गरेकी थिइन् ।

आज भन्दा २३ बर्ष अगाडि २०५७ सालमा शिलान्यास भएको संस्कृति केन्द्रको आज उद्घाटन गरिएको हो ।जनकपुरधामले एउटा सुविधा सम्पन्न सभाहलको अभाव खेपिरहेका बेला संस्कृति केन्द्र उद्घाटन भएपछि जनकपुरधामवासी खुसी भएका छन् ।
२०५७ सलमा तत्कालीन प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराई नेतृत्वको सरकारबाट निर्णय भई संस्कृति केन्द्र निर्माण भएको हो । २ विघा १५ कठा क्षेत्रफलमा फैलिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र परिसर भित्र पुस्तकालय भवन, संग्रहालय ब्लक, कम्पाउण्ड वाल, पार्किंग, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, २०० जना क्षमताको कन्फरेन्स हल र ६०० जना क्षमताको सांस्कृतिक सभा हल लगायतका संरचनाहरु निर्माण भएको छ ।
योजना सम्पन्न हुनु पूर्व विभिन्न समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय एवं २०६० सालदेखि जिल्ला प्रहरी कार्यालय धनुषाले कर्मचारी एवं जवानको लागि आवासको रुपमा प्रयोग गरिरहेको थियो ।
यस्तै सोही अवसरमा राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दनसमेत गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै मधेसमा उच्च सम्मान पाएका राष्ट्रपति पौडेललाई सम्मान स्वरुप नागरिक अभिनन्दन गरेको हो ।

















Discussion about this post