गिरिजानन्द साह/असोज ६ गते। जनकपुर जेसिजको आयोजनामा संचालन गरिएको ‘जेसिज सप्ताह’ विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सम्पन्न भएको छ ।
जेसिजको बार्षिक कार्यक्रम अन्तर्गत यहि असोज २ गतेवाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको हो । जेसिज सप्ताह अन्तर्गत पहिलो दिन उद्घाटन र फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युस्न ,दोस्रो जनकपुर जेसिस र पत्रकार महासंघ धनुषा बीच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता , तेस्रो राराब क्याम्पस र राजर्षि जनक क्याम्पस मा स्यानेटरी वितरण कार्यक्रम,चौथो दिन एयरपोर्ट र शहिद गेट मुजेलियामा वेलकम बोर्ड इनस्टलेशन,पाँचौ दिन अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम ,छैठो दिन स्लो बाईक रेस कार्यक्रम र पुरस्कार वितरणका साथै सप्ताहको समापन कार्यक्रम गर्दै जेसीज सप्ताह सम्पन्न भएको जनकपुर जेसीजका बर्ष २०२३ का अध्यक्ष अभिषेक चौधरीले जानकारी दिए ।
जनकपुर जेसीज बर्ष २०२३ का अध्यक्ष अभिषेक चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रमका मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह प्रमुख अतिथी रहनुभएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले हरेक क्षेत्रमा दक्ष जनशक्तिले मधेस भरिपूर्ण भएपनि पछाडी पर्नु चिन्ताको विषय रहेको बताएका छन् । मधेस प्रदेश शिक्षा तथा स्वास्थ्यमा पछाडी परेकोल्र यसले हामी सबैलाई सोच्न बाध्य बनाएको बताए । मन्त्री सिंहले प्रदेशको विकासका लागि हामी सबैले हातेमालो गरी अगाडी बढ्नुको विकल्प नरहेको बताएका छ्न । साथै जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा रहेको बेथितीको बारेमा बोल्दै यो बेथितिलाई सुधार गर्न जनकपुरधाम बासीको साथको आवश्यकता रहेको छ र जनकपुरधाम बासीको साथको अपेक्षा पनि राखेको बताए ।
कार्यक्रममा बक्तृत्व कला प्रतियोगिता,क्रिकेट प्रतियोगिता र स्लो बाईक रेस प्रतियोगिताका बिजेताहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गर्नका साथै कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सफल भएको भन्दै सबै संयोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा जनकपुर जेसिजका अध्यक्ष अभिषेक चौधरीले ‘जेसिज सप्ताह’ सफलताका साथ सम्पन्न गराउन सहयोग गर्ने कार्यक्रम संयोजकलाई धन्यवाद दिए । जेसिज सदैब युवा र समाजका लागि काम गर्ने हुदा यो सप्ताह पनि समाजका लागि बिताएको उनले बताए । उनले सामाजिक कार्य संगै युवाहरुमा सकारात्मक सोचको विकास गरि सहि बाटो तर्फ अघि बढाउन जेसीजले सधै काम गरिरहने बताए ।
जनकपुर जेसिजका अध्यक्ष अभिषेक चौधरीको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, प्रादेशिक अस्पताल जनकपुरका निर्देशक रामनरेश पण्डित र जेसिसका पुर्वअध्यक्षहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

















Discussion about this post