सप्तरी/असोज ५ गते। मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा रहेको देवीको मूर्तिमा पुरानो मुकुट झिकेर दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरेपछि व्यापक विरोध भएको छ ।
एक किलो ५० ग्राम तौल भएको पुरानो मुकुटलाई झिकेर बिहीबार छिन्नमस्ता भगवती मन्दिर समितिले नयाँ मुकुट जडान गरिएपछि सर्वत्र बिरोध सुरु भएको थियो ।
दाता परिवारको आग्रहमा मन्दिर समितिले मूर्तीको स्वरुप परिवर्तन गरि लाखौं श्रद्धालुको आस्थासँग खेलवाड गरेको भन्दै स्थानीय समेतले चर्को बिरोध गरेका थिए ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आफूलाई जानकारी समेत नदिई एकतर्फी ढंगले मन्दिर समितिले मुकुट हेरफेर गरेको भन्दै आक्रोस पोखे । उनले उक्त कार्यलाई तत्कालै सच्याउन समितिलाई कडा निर्देशन दिएको बताए ।
आफूखुशी माताको मुकुट परिवर्तन गरि समितिले लाखौं श्रद्धालु भक्तजनको आस्थामाथी चोट पु¥याउने काम गरेको भन्दै उनले यसलाई तत्काल सच्याउन मन्दिर नै पुगेर समितिलाई कडा निर्देशन दिएको बताए ।
उनले गाउँपालिकाकै पहलमा पुरानो मुकुटलाई सुन्दरता प्रदान गरि शुक्रबार साँझ ५ बजेभित्र मन्दिरमा पुर्नस्थापित गरिने तयारी गरिएको समेत जानकारी दिए ।
दाता परिवारका कृष्ण मुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुलेर गरि चार जनाको नाम कुँदेर भगवतीको मुर्तीमा नयाँ मुकुट जडान गरिएको छ । नयाँ मुकुटको तौल एक किलो २ सय ५० ग्राम रहेको छ ।
मन्दिरका पीठाधिश महाकान्त ठाकुरले पुराना मुकुटमा चिरा परेका कारण दाता पक्षकै अनुरोधमा नयाँ मुकुट जडान गरिएको बताए । यद्दपी यसको व्यापक बिरोध भएकाले शुक्रबार क्षमा पूजासहित पुरानै मुकुट लगाउने निष्कर्षमा समिति पुगेको उनले जानकारी दिएका छन् ।
हेर्नुहोस भिडियो

















Discussion about this post