nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाठशाला : जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

सजिलो पोस्ट सजिलो पोस्ट
पाठशाला : जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

टीकाराम सुनार/भदौ ३१ गते। पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।

सुरुमा धनुषाको धनौजी गाउँपालिका–२ की सोनाली साहलाई पाठशाला जानुपर्छ भन्दा अचम्म लागेको थियो । दुई सन्तानकी आमा भइसकेकी बुहारी पाठशाला जाने भनेपछि उनका सासूससुरालाई त सोनालीभन्दा बढी अचम्म लागेको थियो ।  “सन्तानलाई पढाउने बेला आफूले पाठशाला जानुपर्छ भनेपछि कसलाई अचम्म नलाग्ला ? सुरुमा त अफ्ठ्यारो मानिमानी पाठशाला गइयो । यहाँ आएपछि पो थाहा भयो, यहाँ त अक्षर होइन आमा र बच्चाको स्वास्थ्य अवस्था सुधारका लागि पढाइ हुनेरहेछ”, सोनालीले भनिन्, “विस्तारै बानी लाग्यो, सरसफाइ, बानीव्यहोरा, सन्तुलित खानपिनका बारेमा जानकारी पाउन थालेँ, जसले गर्दा मेरो कुपोषित बच्चा र म स्वयंको पोषण सुधारका लागि ज्ञान पाएँ ।”

सोनालीका अनुसार पोषण पाठशालामा आउँदा उनको छोराको स्वास्थ्य जाँच हुँदा कुपोषित रहेको र आमाले पोषणयुक्त खानपिन नखाएका कारण यस्तो समस्या भएको सुनाइएको थियो । अहिले भने पाठशालामा पढेको कुरा व्यवहारमा लागू गरेपछि छोरा सुपोषित भएकामा सोनाली दङ्ग छिन् । यस्तै समस्या सोही ठाउँकी पिङ्की महतोलाई पनि थियो । “सुरुमा मलाई पनि पाठशाला जानुपर्छ भनेपछि के होला जस्तो लागेको थियो तर यहाँ आएर आहार र खानेबानीमा सुधार गर्ने कुरा सिकाइँदोरहेछ । अहिले मेरो कुपोषित बच्चा सुपोषित छ”, महतोले भनिन् ।

अमिरकला कुमारी साहले पनि आफ्नै बारीमा सजिलै पाइने खानेकुराबारे जानकारी नहुँदा पोषणमा समस्या भोग्नुपरेका आमा तथा बच्चामा पाठशाला गएपछि चेतनामा वृद्धि भएको धारणा राखिन् । पिङ्की, पुनम र अमिरकलाजस्तै यो समूहका २५ जना सुत्केरी र गर्भवती आमालाई दुई वर्षसम्म पठनपाठन गराइएको थिएन । सहजकर्ता पुनम झाले सुरुका कैयन दिन घरघरमा गएर पाठशाला जाँदाका फाइदा र यहाँ सिकाउने कुराबारे जानकारी गराएकी थिइन् । ।

पुनमले सुरुका दिन सम्झिँदै भनिन्, “सुरुमा घर–घर गएर सम्झाउँदा पनि कोही घरबाहिर निस्किन मान्दैनथे । आमाले माने पनि घरका अभिभावकले किन जानुपर्यो, किन पढ्नुपर्यो भनेर अवरोध गर्ने समस्या थियो तर धेरै सम्झाएपछि यहाँ आउन थाल्नुभएको हो ।”

सुरुका केही दिनसम्म घरका मान्छेले बुहारी कहाँ जान्छे, के गर्छे भनेर लुकीलुकी चियाउने र पाठशाला आउने महिलाले पनि घुम्टोले अनुहार नदेखाउने गरेको पुनमको मानसपटलमा ताजै छ । “उहाँहरू कडा अनुशासनको नाममा घरबाट सित्तिमित्ति ननिस्किने, निस्के पनि अनुहार छोप्ने, खुलेर कुरा नगर्ने समस्या थियो । सबैभन्दा ठूलो समस्या त संस्कारका नाममा आफ्नै घर र बारीमा रहेका पोषिला खानेकुरा नखाने, सागपात, कुखुरा, हाँसलगायतको मासुसमेत खानुहुन्न भन्थे । गर्भावस्था वा सुत्केरीको समयमा सामान्य अवस्थाभन्दा बढी र सन्तुलित खानापानमा ध्यान दिने कुरा त धेरैलाई थाहा नै थिएन । थाहा भएकाहरू पनि आर्थिक अभाव देखाएर खान नसकिने बताउँथे तर पाठशालामा आइसकेपछि भने अहिले धेरै सुधार भएको छ”, पुनमले सुनाइन् ।

धनुषा र महोत्तरीमा ३६ पोषण पाठशाला 

कार्यक्रम कार्यान्वयन गरिरहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना एकाइ धनुषाका प्रमुख सुकेश्वर झाले आयोजनाको लाभग्राहीका रूपमा रहेका आर्थिक र सामाजिकरूपमा पछि परेका महिला, भूकम्प र बाढीपीडित, गरिब, आद्य असुरक्षित, विपन्न तथा सीमान्तकृत वर्गलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको यो कार्यक्रमले मातहतका दुई जिल्लाका चार पालिकामा प्रभाव क्षेत्रका साना कृषक समुदायको जलवायु समायानुकूलनमा सुधार, कृषि उत्पादकत्वमा वृद्धि र पोषण सुधारमा काम गरिरहेको आयोजना प्रमुख झाले बताए । परियोजनाको महत्त्वपूर्ण क्रियाकलापमध्ये पोषण सुरक्षामा सुधारअन्तर्गत यी दुई जिल्लामा दुई सय ३० पोषण समूह गठन गरी तीमध्ये सुनौला हजार दिनका आमाहरू तथा २४ महिनासम्मका बच्चाहरूमा पौष्टिक आहार खाने दरमा सुधार ल्याउन ३६  समूह बनाई पाठशाला सञ्चालन गरिएको उनले बताए ।

ती समूहलाई दुई वर्षसम्म २४ पटक (महिनामा एकपटक) पोषणको अवस्था विश्लेषण गरी परिकार बनाउने, हरेक दिन चारपटक खानुपर्ने फरक–फरक खाना, मातृशिशु स्वास्थ्य र सामाजिक व्यवहार सुधारबारे सिकाएको बताए । उनले भने, “त्यही सिकाइले गर्दा नौ जना मध्यम शीघ्र कुपोषित बच्चा सुपोषित अवस्थामा फर्के भने समूहका नौ सय जना आमाको स्वास्थ्य, खानपानको व्यवहार परिवर्तन, स्थानीय उत्पादनको उपयोग र जङ्कफुड प्रयोगमा नियन्त्रण भई प्रत्यक्ष लाभान्वित भए ।”

पोषण पाठशालामा स्थानीय उत्पादन फर्सीको खिर, पराठा, पोषिलो जाउलो, लिटो, प्यानकेक, घरबारी पोषण बगैँचा स्थापना, कुखुरा तथा हाँसका चल्ला वितरण गरी महिला तथा बालबालिकालाई पोषणयुक्त तरकारी, फलफूल, अण्डा र मासुलगायत आवश्यक स्वच्छ आहार उपभोगमा अभिप्रेरित गरिएको कृषि अधिकृत रितेशकुमार झाले बताए । स्थानीय सहजकर्ता पुनम झाले अहिले पाठशालामा पढेका आमामार्फत टोल–टोलमा पोषण शिक्षा सिकाई विस्तार भइरहेको बताए ।

एक सय ६८ कृषि र ६१ पशु पाठशाला

पोषण समूहजस्तै आयोजनाले कृषिमा बालीतर्फ दुई सय ३२ र पशुपक्षीतर्फ दुई सय दुई गरी चार सय ३४ समूह गठन गरेको छ । त्यसमध्ये हालसम्म ४१ वटा पशु, एक सय ६८ वटा कृषक र १२ वटा कृषि व्यवसाय पाठशाला सञ्चालन गरिएका छन् ।

यी पाठशालामा खाद्यान्न बीउ उत्पादन, डुबान तथा सुक्खा सहने धान तथा गहुँ बालीको उन्नत बीउ वितरण, संरक्षण, रोपण तथा रेखदेख, पुशपक्षीको गोठ सुधार तथा गोठेमल व्यवस्थापन, नश्ल सुधारमार्फत मासु तथा दूध उत्पादनमा गुणस्तरीय सुधार, तरकारीमा मौसमी र बेमौसमी तरकारीका उन्नत बीउ वितरण र त्यसको प्रयोगबारे सिकाउने गरिएको कृषि अधिकृत झाले जानकारी दिए ।

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ निवासी सहारा कृषक समूहका अध्यक्ष विजय यादवले उन्नत बीउबिजन, किटनाशक औषधि र अनुदानमा कृषि उपकरण उपलब्ध भई त्यसको प्रयोगले उत्पादन बढाउनमा सहयोग पुगेको जानकारी दिए । उनले पहिले धान र गहुँखेती गर्न पनि अरु जिल्ला र छिमेकी भारतीय बजारबाट बीउ ल्याउनुपर्ने बाध्यता रहेकामा अहिले भने समूहमा आबद्ध किसानले आफूलाई पुग्ने र अरुलाई बेच्न मिल्ने गरी बीउ संरक्षण गर्न सफल भएको बताए ।

त्यसैगरी पहिले आफूलाई खान पुग्ने तरकारी पनि उत्पादन गर्न कठिन हुने गरेकामा अहिले हिउँदे तथा वसन्ते तरकारीबाट चारै गाउँपालिकाका लक्षित किसानले राम्रो आम्दानी गरिरहेका छन् । गत आव २०७९/८० मा तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाट पाँच प्रतिशत घरायसी खपतमा प्रयोग गरी रु १५ करोड बराबरको तरकारी बेचेर आम्दानी गरेको परियोजनाको तथ्याङ्क छ ।

त्यसैगरी पशुपक्षीतर्फ नश्ल सुधार र दूध उत्पादनका लागि उन्नत जातको बोयर बोकालगायत आवश्यक पशुको मूल बीउ वितरण तथा त्यसको क्रसबाट कसरी लाभ लिने भन्ने विषयमा सिकाउने गरिएको छ । आयोजनाले बाख्राको नश्ल सुधारका लागि बोयर जातको बोका चार पालिकामा दुई–दुईवटाको दरले प्रदान गरेपछि अहिले बाख्राको नश्लमा सुधार आएको मुखियापट्टी गाउँपालिकास्थित श्री तराई बाख्रा समूहका अध्यक्ष रामनन्द यादवले जानकारी दिए । उनले आफूसँग भएको बोयर बोकाबाट मात्र तीन सय ७५ वटा स्थानीय बाख्रामा गर्भाधान गराएर बाख्राको नश्ल सुधार गराएका र नश्ल सुधारपछि बाख्राको दुई गुणाले वृद्धि भई किसानको आयआर्जनमा सुधार भएको बताए ।

विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन कोषबाट प्राप्त आर्थिक सहयोग, विश्व बैंकको सुपरीवेक्षण र खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा आव २०७५/७६ देखि २०८०/८१ सम्म सञ्चालन हुने यो कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आयोजनामार्फत कार्यान्वयन गरिरहेको छ । यसको कार्यक्षेत्रका रूपमा देशभरका आठ जिल्लाका १६ वटा पालिका रहेका छन् ।

त्यसमध्ये मधेस प्रदेशका चार जिल्लाका आठ पालिकामा कार्यक्रम कार्यान्यनमा छ । आयोजना क्लष्टर एकाइ धनुषाले धनुषाका दुई पालिका धनौजी र मुखियापट्टी मुसहरनियाँ, महोत्तरीका पिपरा र एकडारा गाउँपालिका तथा आयोजना क्लष्टर एकाइ सप्तरीले सप्तरीका विष्णुपुर र राजगढ तथा सिरहाका औरही र बरियारपट्टी गाउँपालिकामा कार्यक्रम कार्यान्वयन गरिरहेका छन् ।-रासस

Discussion about this post

Related Posts

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

सप्तरीको बोदेवरसाइन नगरपालिका स्वास्थ्य शाखा प्रमुख लागूऔषधसहित पक्राउ

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

समाज लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

समाज लघुवित्तले माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर,+2 पास गरेकालाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा कर्मचारी आवश्यकता (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

आज पशुपतिनाथको दर्शन संगै २०८० साल असोज १२ गते शुक्रबार को राशिफल हेर्नुहोस

आज पशुपतिनाथ को दर्शन संगै २०८० साल असोज १५ गते सोमबार को राशिफल हेर्नुहोस

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि