जनकपुरधाम/भदौ ३१ गते। “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी ” नारा साथ हिजो ५९ औं बाल दिवशको उपलक्ष्यमा लायन्स र लियो क्लब अफ जनकपुरधामले आयोजना गरेको “सडक कविता प्रतियोगिता ” जानकी चोकमा क्लब का अध्यक्ष विकाश शाह ज्यु को अध्यक्षता मा सु-सम्पन्न भएको छ।
उक्त कार्यक्रम २ चरणमा सम्पन्न गरिएको छ । पहिलो चरणमा २२ जना प्रतिस्प्रधी हरु थिएँ जसमध्ये ५ जना उत्कृष्ट प्रतिस्प्रधी हरु छनोट गरिएको थियो भने दोस्रो चरणमा १० जना प्रतिस्प्रधी हरु थिएँ जसमध्ये ३ जना उत्कृष्ट प्रतिस्प्रधी हरु छनोट गरिएको थियो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा श्री कशि कन्त झा, श्री मधुकर उपाध्याय(पूर्व डिस्ट्रिक गभर्नर), श्री मनिस रमन साह(वरिष्ठ उपाध्यक्ष ज.उ.बा.संघ), श्री नवेश्वर ठाकुर , श्रीमती पूजा साह(सदस्य गार्गी)गरी ५ जना रहेका थिए ।
साथै उक्त कार्यक्रममा लायन्स क्लव क्लब का पूर्व अध्यक्ष लायन ऋषिकेश शाह, लायन श्याम प्रसाद साह,लायन राम बाबु गुप्ता र जानकी प्रहरी चौकी का इन्चार्ज श्री अशोक कुमार झा ज्यु र लायन्स क्लव डिस्ट्रिक 325 F का Cabinet Secretary लायन मनोज सापकोटा साथै सम्पूर्ण लियो क्लबका कार्यसमिति र सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
Discussion about this post