सप्तरी/भदौ ३० गते । सप्तरीको बलानविहुल गाउँपालिकामा एक बयोबृद्ध एकल महिलालाई घरमा पसेर कुटपिट गर्दै अज्ञात व्यक्तिले उनले कानमा लगाएकी गहना लुटेर लगेका छन् ।
बलानविहुल गाउँपालिका वडा नं ४ स्थित जनता आधारभुत बिधालय बेल्ही नजिकै घर रहेको ८२ वर्षिया पबित्री देबी यादबलाई शुक्रबार घरमै पसेर अज्ञात व्यक्तिले कुटपिट गरि कानमा लगाएको गहना लुटेर लगेको प्रहरीले जनाएको छ ।
स्थानीयले शुक्रबार दिउँसो २ बजेतिर अज्ञात व्यक्ति घरायसी हतियार लिएर उनलाई निर्घात कुटपिट गरिनुका साथै टाउको, आँखासमेत फुटाएर फरार भएको बताएका छन् ।
घटनाको करिब आधा घण्टापछि छिमेकी एक महिला उनको घर पुग्दा टाउकोबाट रगत बगिरहेको देखेपछि नजिकै बिधालयमा बसेकाहरु व्यक्तिहरुलाई खबर गरेकी थिइन् ।
स्थानयिले नजिकको प्रहरी चौकीलाई जानकारी गराएपछि प्रहरी चौकी ईन्चार्जले घटनास्थल पुगी उक्त अचेत वृद्ध महिलालाई उपचारका अस्पताल पु¥याएका थिए ।
सो घटना बारे ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएका प्रहरी निरिक्षक सुरेन्द्र यादबको टोलीले छानबिन गरिरहेको जनाउँदै अपराधीलाई चाडै पक्राउ गरिने जानकारी दिए । स्रोत-राजविराज दैनिक बाट
Discussion about this post