भदौ ३० गते । ट्रकको ठक्करबाट रौतहटमा एक जनाको मृ त्यु भएको छ ।
जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ प ४९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा फतुवा विजयपुर- १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट यादव गम्भीर घाइते भएका भएको स्थानीयवासीको भनाइ छ । ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोपसमेत उनीहरूले लगाएका छन् । ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको थियो भने मोटरसाइकल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
घटना लगतै ट्रक चालक बारा निजगढ ६ का मुकुन्द पोखरेल माथि स्थानीयवासीले हातपात गरेका थिए । इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहतले जनाएको छ ।














Discussion about this post