महोत्तरी/भदौ २९ गते । महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृ त्यु भएको छ ।
शुक्रबार बिहान महोत्तरीको जलेश्वर नगरपालिकामा पोखरीमा डुबेर जलेश्वर ८ बजराही बस्ने पंकज ठाकुरको ४ वर्षीय छोरा प्रियंन्सराज ठाकुरको डुबेर मृत्यु भएको हो ।
आफ्नै घरअगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए।
घरबाहिर खेल्दै गरेका बालक नदेखिएपछि गाउँ टोलमा चारैतिर खोजतलाश गरेपनि पछि पोखरीमा शव फेला परेको र प्रादेशिक अस्पताल जलेश्वर पुराउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

















Discussion about this post