भदौ २७ गते। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढमा भएको बस दुर्घटनामा एक जनाको मृ त्यु भएको छ भने १५ जना यात्रुहरू घाइते भएका छन्।
मंगलबार लोकमार्ग अन्तर्गत निजगढ नगरपालिका-८ धनसारपुलस्थित मलङगवाबाट नारायणघाट तर्फ जाँदै गरेको म.प्र.०३-००१ ख ९३९६ नम्बरको बस दुर्घटना भएको थियो।
दुर्घटनामा परी सर्लाही हेमपुर नगरपालिका-४ कबिलासी बस्ने बर्ष ५३ को रामकेवल रायको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। बसमा सवार भएका १५ जना यात्रु घाइते भएको उनले बताए।
बसका चालक सर्लाही मलङगवा नगरपालिका-९ बस्ने मनोज चौधरी, सहचालक महोत्तरी खयरमारा नगरपालिका-६ बस्ने सुमन तोलाङगी र कन्डकटर सर्लाही मलङगवा नगरपालिका-९ बस्ने शिवजी राउतलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको समबन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिए।














Discussion about this post