भदौ २६ गते। जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।
४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा यादवको निधन भएको ।
यादवका अनुसार सांसद यादवको पार्थिव शरीर जनकपुरस्थित पार्टीको प्रादेशिक कार्यालयमा राखिने र त्यहीँबाट अन्तिम बिदाइ गरिने छ ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो । सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन् ।
Discussion about this post