काठमाडौं/भदौ २६ गते । पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।
राति १ बजे हृदयाघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।
उनको शव मंगलबार र बुधबार पार्टी कार्यालयमा राखिने एमालेले जनाएको छ ।
दुई वटै संविधानसभाका अध्यक्ष थिए, नेम्वाङ । उनकै नेतृत्वमा ३ असोज २०७२ मा मुलुकले जनताका प्रतिनिधिबाट लेखिएको संविधान पाएको थियो ।
२०६३ मा तत्कालीन प्रतिनिधिसभा पुनःस्थापित भएपछि सभामुख बनेका नेम्वाङ त्यसपछि लगातार सभामुख भइरहे ।
उनी इलाम २ बाट चौथोपटक निर्वाचित भएका हुन् । गत फागुनमा भएको राष्टपति निर्वाचनमा उनी एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । भद्र र सरल स्वभावका कारण उनले नेपाली राजनीतिमा एउटा परिपक्क नेताको परिचय बनाएका थिए ।
Discussion about this post