सिरहा/भदौ २५ गते। भन्सार छलेर ल्याएको चामल सहित सवारी साधन सिराहा प्रहरीले बरामद गरेको छ।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका– ९ मिलनचोकमा पूर्ववाट पश्चिमतर्फ गइरहेको मधेश प्रदेश ०३–००१–क २५१० नम्बरको ट्रकमा भन्सार छलेर चामल गइरहेको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले सो चामल बरामद गरेको हो।
प्रहरीले ट्रकका चालक बाराको कोल्हवी नगरपालिका– २ का २७ वर्षीय शेखरप्रसाद मैनालीसँग सोधपुछ गर्दा भन्सार छली गरेको खुलेपछि चामलसहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरीले उक्त ट्रकबाट २५ किलो बोराको दुई सय ३३ बोरा सेभेन स्टार भारतीय चामल र २५ किलो बोराको २०४ बोरा मिना ब्रान्ड मन्सुली र जिरामसिनो चामल फेला बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सोधपुछका क्रममा बिलमा चार सय बोरा मात्र उल्लेख भएको, तर ट्रकमा चार सय ३७ बोरा रहेकाले चामल तस्करी भइरहेको खुलेपछि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक लिम्बूले बताए।
चामलको मूल्य ६ लाख ६५ हजार र ट्रकको मूल्य ३५ लाख गरी ४१ लाख ६५ हजारको प्रतिवेदनसहित ट्रक चालक र ट्रक सहित थप अनुसन्धानको लागि ई.प्र.का. लहानमा बुझाईएको । र थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि उक्त ट्रक, चामल र ट्रक चालक राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

















Discussion about this post