nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको हिरासतमा महिला थुनुवा बला त्कारबारे विस्तृत रूपमा छानबिन गर्न इन्सेकको माग

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २४, २०८०, १:४३ मध्यान्ह
सप्तरीको हिरासतमा महिला थुनुवा बला त्कारबारे विस्तृत रूपमा छानबिन गर्न इन्सेकको माग

सप्तरी/भदौ २४ गते। कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्लाको इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहनुभएकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भन्ने घटनाबारे विस्तृत रूपमा छानबिन गर्न अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले माग गरेको छ ।

इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन ०८० भदौ २२ गते काठमाडौँमा सार्वजनिक गर्दै इन्सेकले घटनाबारे विस्तृत रूपमा छानबिन गर्न र बलात्कार भएको भनिएकी थुनुवा महिलासँग महिला प्रहरीको उपस्थितिमा बयान लिने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताएको हो ।

स्थलगत अध्ययनको क्रममा कर्तब्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहनुभएकी ३५ वर्षीया महिलाले सोही कार्यालयका डिएसपी दीपककुमार रायले ०७९ चैत ६ गते राति बयानका लागि आफ्नो कार्य कक्षमा बोलाएर दुई पटक बलात्कार गरेको कुरा ०८० वैशाख १२ मा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि गएका बेला स्वास्थ्यकर्मीहरूलाई बताउनुभएको थियो ।

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले प्रहरी हिरासतभित्रै महिला थुनुवा बलात्कृत हुनु गम्भीर प्रकृतिको घटना भएकाले देशभरका सबै प्रहरी कार्यालय अन्तर्गत रहेका महिला थुनुवा कक्षको सुरक्षामा महिला प्रहरी खटाउन समेत माग गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो पद, शक्ति वा अधिकारको प्रयोग गरी कुनै किसिमको दवाव, प्रभाव र प्रलोभनमा पारी यौनजन्य कार्य गर्नु हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलाप इलाका प्रहरी कार्यालय, कञ्चनपुर, सप्तरीका डिएसपी दीपककुमार रायले हिरासतमा रहनुभएकी महिलालाई यौन हिंसा गरेको शङ्का हुने ठाउँ देखिएका छन् । हिरासतमा रहनुभएकी महिलालाई बयानका लागि राति डिएसपीले बोलाएको प्रहरी अधिकार र पीडित महिलाले बताउनुले घटना भएको आशङ्का गर्न सकिन्छ । हिरासतमा दिनभर रहनुभएकी महिलालाई राति बयान लिएबाट घटनामा पीडितले लगाएको आरोपको छानबिन गर्नु प्रहरी र राज्यका जिम्मेवार निकाएको दायित्व हो ।’

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले घटनाबारे प्रहरी र अन्य निकायले विस्तृत रूपमा छानबिन गर्नुको साटो दोषीलाई प्रहरी प्रशासनले संरक्षण गर्नुले न्यायलाई शक्तिले प्रभावित गरिरहेको भान भएको बताउनु भयो । अध्यक्ष अर्यालले सुरक्षा निकायभित्रै सुरक्षा घेरामा रहनुभएकी महिलामाथि बलात्कार हुनु जघन्य अपराधमा भएको उल्लेख गर्दै अपराधमा संलग्नलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन र कारवाही गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी प्रतिवेदन सार्वजनिक गर्दै महिला पुनर्स्थापना केन्द्र (ओरेककी) अध्यक्ष डा. रेणु अधिकारीले पीडित महिलालाई डिएसपी रायले मुख थुनी बोल्न कराउन नदिइ जबर्जस्ती करणी गरिएको र पुनः हिरासत कक्षबाट बाहिर कार्यकक्षमा लगेर बलात्कार गरेपश्चात बलात्कार गरेको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलमा सडाई दिने भनेर धम्की दिएको बताउनु भयो । अधिकारीले जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र केसीलाई घटनाबारे जानकारी गराए पनि बलात्कार भएको कुरा किन लामो समयपछि भनेको भन्दै उल्टै पीडितलाई पीडा दिने काम गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले पीडितको घटना बाहिर ल्याउँदा आफूमाथि प्रहरीले रिसिबी साँधेर कुटपिट गरेको उल्लेख गर्नुभयो । पोखरेलले प्रहरीकै जिम्मेवार अधिकारी बलात्कार घटनाका आरोपित आरोपित भएपछि उपल्लो तहका हाकिमले संवेदनशील र थप जिम्मेवारीका साथ अनुसन्धान गर्नुपर्नेमा घटनालाई लुकाउने, घटना बाहिर ल्याउने मानव अधिकार रक्षकमाथि आग्रह पूर्वाग्रह राखेको बताउनु भयो । विभिन्न तथ्यहरूका आधारमा घटना भएको हुनसक्ने आधारहरू फेला परेकाले घटनाबारे गहिरो अनुसन्धान गरी आरोपितलाई कानुनी दायरामा ल्याउनुपर्नेमा पोखरेलले जोड दिनुभयो ।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि