जनकपुरधाम/भदौ २३ गते। जनकपुर जेसिसले शनिबार ’कस्टमर केयर’ तालिम सञ्चालन गरेको छ ।

अहिलेको युवा नै भविष्यको सफल व्यवसायी रहेकोले उपभोक्ताको हितलाई कसरी ध्यानमा राख्ने विषयमा केन्द्रित रहेर युवाहरुलाई कस्टमर केयर सम्बन्धि तालिम दिइएको हो ।
एउटा सफल व्यवसायी बन्नका लागि उपभोक्ताको हितलाई ध्यानमा राख्न जरुरी रहेकाले युवाहरुलाई कस्टमर केयर सम्बन्धि तालिम दिइएको जनकपुर जेसिजका अध्यक्ष अभिषेक चौधरीले बताएका छ्न ।
कस्टमर केयर तालीमका प्रमुख अतिथी पूर्व जेसी तथा हालको सितापुर भङ्गहा वडा न.-१ का वडा अध्यक्ष लक्ष्मी नारायण साहले पानसमा बत्ती बालेर उदघाट्न गर्नुभएको थियो ।
कस्टमर केयर सम्बन्धि तालिममा युवाहरूलाई भक्तपुर लेडि जेसिस बर्ष २०१३ का अध्यक्ष जेसी रश्मी शिल्पकारले प्रशिक्षण दिनु भएको थियो भने तालिममा जनकपुर जेसिसका सदस्यहरू, युवाहरू, विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा विभिन्न दलमा आबद्ध युवा नेताहरू सहभागी भएका थिए ।

यो तालीम कन्हैया इसारियाको संयोजनमा आयोजना गरिएको थियो भने जेसीहरु सुदीप कोइराला, श्याम साह, रामबाबु गुप्ता,अजय गुप्ता,राजेन्द्र साह,विकास साह लगायतको उपस्थिती रहेको थियो।

















Discussion about this post