सर्लाही/भदौ २२ गते। जबर्जस्ती करणी मुद्दामा सार्वाेच्च अदालतबाट १० वर्ष कैद सजाय भएका एक वृद्धलाई प क्राउ गरिएका छन् ।
पक्राउ पर्नेमा सर्लाहीकाे हरिपुर नगरपालिका वडा नं.५ का ७० वर्षीय सफी अहमद रहेका छन् ।
धेरैदिन देखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय हरिपुरकाे टाेलिले पक्राउ गरेको प्रहरीले बताए ।
जबर्जस्ती करणी मुद्दामा सर्वोच्च अदालतले उनलाई ९ बर्ष ११ महिना २८ दिन कैद सजाय ताेकिएकाे थियो ।
पक्राउ परिएका आराेपीलाई सर्लाही जिल्ला अदालतमा पेश गर्दा सजाय भुक्तानका लागि सिन्धुली कारागार पठाइएको प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियारले जानकारी दिए।

















Discussion about this post