जनकपुरधाम/भदौ २० गते। धनुषामा विभिन्न मुद्दाका फरार २ जना प्रतिबादी एकै दिन पक्राउ परेका छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषा मातहत रहेको ईलाका प्रहरी कार्यालय ढल्केवर र धनुषाबाट खटेका प्रहरी टोलीले मिथिला नगरपालिका वडा नं. ८ कुसुम बिसाैना बस्ने सुरज नारायण महताेलाई बिगाे लागत मुद्दामा र लक्ष्मिनिया बस्ने सुर्यनाथ महताेलाई वन पैदावर चाेरी निकासी मुद्दामा फरार रहेका २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराईएको उनले जानकारी दिए ।

















Discussion about this post