जनकपुरधाम/भदौ २० गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व विभागको कर्मचारी रहेको भन्दै स्थानीय बजारमा व्यवसायीहरुलाई धम्काएर अनुचित असुली गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा काे हँसपुर नगरपालिकाको वडा नम्बर ३ बस्ने ३७ वर्षीय अनिल कुमार सिंह र सोही वडामा घर भएका ३२ वर्षीय राहुल सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ७ वटा पसलहरुका संञ्चालकहरुलाई हामी अख्तियारकाे कर्मचारी हाैँ, पसलका कागजातहरु देखाउनुस् , खानतलासी गर्छौं नत्र पसल सिल सिल गर्छौं भन्दै धाक धम्की दिदै रकम ठगी गरिरहेकै अवस्थाबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

















Discussion about this post