जनकपुरधाम/भदौ १८ गते। धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका झण्डै २ लाख रुपैयाँ बराबरको समान बरामद गरेको छ ।
भारतबाट भन्सार छली र चाेरी पैठारी गरी ल्याएका विभिन्न किसिमका किराना समाग्रीहरु, लत्ताकपडा सहित एकथान मोटरसाईकल गरी २ लाख ७७ हजार ६७५ मूल्य बराबरको समानहरू बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
विभिन्न स्थानबाट बरामद गरेको झण्डै २ लाख बराबरको सरसमान भन्सार कार्यालय जनकपुरमा कारबाहीको लागि जिम्मा लगाएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गाैतमले जानकारी दिए ।

















Discussion about this post