जनकपुरधाम/भदौ १७ गते । मिटरव्याज पीडितहरुले जनकपुरधाममा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले जनकपुरमा प्रदर्शन गरेका हुन् ।
मण्डल कुट्टीबाट जुलुस निकाली विभिन्न भागको परिक्रमा सहित प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरे । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका उनिहरुले बिचौलियाको रूपमा काम गर्ने कर्मचारीलाई तत्काल छलफलबाट हटाउनु पर्ने, विभिन्न राजनितिक दल र जनप्रतिनिधिहरुको अनावश्यक हस्तक्षेप बन्द हुनु पर्ने लगायतका मागहरु अघि सारेका छन् ।
मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए ।
यस्तै उनिहरुले तीन पटकसम्म बोलाउदा पनि नआउने सुदखोरहरुलाई गिरफतार गरी आवश्यक कार्यावाही गर्नुपर्ने, मिटरब्याजी कक्षमा पिडीतलाई धम्काउने डेराउने र पकाउने काम बन्द गर्नुपर्ने, मिटरव्याजीमाथि पीडितको रकम र जग्गा अविलम्ब फिर्ता गर्नुपर्ने र मिटरव्याजी उपर कानुन बमोजिम अनुचित लेनदेन जाहेरी दरखास्त दर्ता गर्नुपर्ने लगायत ८ सुत्रीय माग राखेका छन् ।
मागहरु कार्यान्वयन नभएमा थप आन्दोलनको कार्यक्रम गर्ने संघर्ष समिति धनुषाका अध्यक्ष राजाराम यादवले चेतावनी दिए । त्यसबाट हुने क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित निकायले व्यहोर्नुपर्ने संघर्ष समितिका संयोजक विजय महतोले बताए ।

















Discussion about this post