सिरहा/भदौ १३ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार आफै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन ।
नेकपाको ७५ औं स्थापना दिबस-२०८० को एतिहासिक चौथो रास्ट्रीय माहाधिबेशन स्मरणमा सिरहाको धनगढिमाइ सरेअम्म्बासमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलिले सुनकाण्ड लगायत अन्य काण्ड सरकारले सुरुमा मिडिया स्ट्न्ट गरि भ्रष्टाचार जोगाउन पछाडी हटिरहेको बताए ।
उनले,नेकपा एमालेका नेताहरुलाइ फसाउन जलहरि काण्ड देखी टि स्टेट सम्मको काण्डहरुलाइ उचाले अनि पछि हट्दै गए । सरकारलाई हिम्मत छ भने सबै काण्ड उचालोस अन्य पार्टीका एउटा नेता पनि बच्ने छैन,सबै खोर भित्र मात्र देख्न सकिन्छ ।
२०४६ साल भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित गरेको थिए। ५ सदस्यीय पोलिटब्युरो पनि गठन गरेको थियो।
पोलिटब्युरोमा माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ खनाल, अमृत बोहरा र चन्द्रप्रकाश मैनाली (सिपी) चुनिएका थिए। तत्कालीन मालेले स्थानीय हिराबहादुर सुनुवारको जग्गामा काठेघर बनाएर महाधिवेशन आयोजना गरेको थियो। दुई महिना लगाएर तयार पारेको त्यो घरको संरक्षण गर्न मदन भण्डारी स्मृति पार्क बनाउने तयारी पनि एमालेले गरेको छ। त्यहाँ रहेको १४ कट्ठा जमिन पार्टीको नाममा खरिद गरेर संरक्षणको तयारी भइरहेको सचिव योगेश भट्टराईले जानकारी दिए।
विष्णुपुरकट्टीमै रहेको विद्यालयलाई मदन भण्डारीको नामबाट नामकरण गरी १८ कट्ठा जमिन पनि त्यही विद्यालयको नाममा बनाउने तयारी एमालेको छ।
Discussion about this post