भदौ ११ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ प्रवहामा १२ वर्षिया एक बालिकाको सर्पको टोकाइबाट मृ त्यु भएको छ ।
स्थानीय दिनेश यादवकी १२ वर्षिया अर्चना कुमारी यादवलाई आइतबार आफ्नै गोठघरमा बाख्रा बाध्ने क्रममा सर्पले टोकेको थियो ।
सर्पको टोकाइबाट गम्भिर बिरामी भएकी उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।उपचारकै क्रममासोही दिन उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post