भदौ ८ गते। एक २१ वर्षीया महिलालाई जब रजस्ती करणी गरेको आरोपमा एक २२ वर्षीय युवक पक्राउ परेको छ।
पक्राउ पर्नेमा रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेको प्रहरीले जानकारी दिएको छ । डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post