nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ४, २०८०, ८:५२ मध्यान्ह
पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

वीरगञ्ज/भदौ ४ गते। मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ ।

पहिलो वर्षमै पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयमा कानुन सङ्कायतर्फ वीए एलएलबी र जनप्रशासन सङ्कायमा यही भदौ १ देखि १५ गतेसम्मका लागि भर्ना आवेदन खुला गरेको हो । आवेदन खुला भएको तीन दिनमै तीन सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन् । खासगरी वीए एलएलबी तर्फ विद्यार्थीको आकर्षण बढी छ ।

“दैनिक आवेदनका लागि आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ”, विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले भने, “हामीले भर्ना आवेदन खुला गरेको तीन दिनकै अवधिमा कानुन सङ्कायतर्फ तीन सय र जनप्रशासन सङ्कायतर्फ २७ विद्यार्थीले आवेदन दिइसकेका छन् ।” अझै दैनिक विद्यार्थीको चाप बढ्दै गएको उनको भनाइ छ ।

विश्वविद्यालयले कानुन सङ्कायतर्फ एक सय १० र जनप्रशासनतर्फ ५५ विद्यार्थीका लागि कोटा निर्धारण गरेको छ । यसरी हेर्दा निर्धारित कोटाभन्दा बढी आवेदन हुने भएकाले भदौ २३ गते प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी छनोट गरिने रजिष्ट्रार यादवले बताए ।

विद्यार्थी छनोटका लागि ८० पूर्णाङ्कको मौखिक र २० पूर्णाङ्कको अन्तरवार्ता परीक्षा लिइने विश्वविद्यालयले जनाएको छ । उनका अनुसार विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा ‘सी प्लस’ अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

विद्यार्थी छनोटसँगै असोजको पहिलो साताबाट दुबै सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ । पठनपाठनका लागि विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ ।

विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौंँ विश्वविद्यालयको समन्वयमा यी दुवै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरिएको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाई समेत अघि बढाएको छ । विसं २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ ।

विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ । पोलिटेक्निक, आईटि, व्यवस्थापन, पारामेडिकल, कृषि इञ्जीनीयरिङ लगायतका प्राविधिक शिक्षाका माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हवका रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको उक्त विश्वविद्यालय जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपीआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए ।

विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरेको छ । यस्तै विश्वविद्यालयले पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठा (राधाकृष्ण मन्दिर) को २७ बिघा जग्गा पाएको छ । बहुदरमाईमा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी खम्बा जडान गरिएको छ भने पोखरीयाको १६ बिघा जग्गाको स्वामित्व विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ ।

मधेस विश्वविद्यालयले आफूलाई चाहिने विश्वविद्यालय संगठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्ष, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ बनाइ पारित गरिसकेको छ ।

 

Discussion about this post

Related Posts

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि