भदौ ३ गते। महोत्तरीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प क्राउ परेका छ्न ।
आइतबार दिउँसो करिब २ बजेको समयमा सवारी साधन तथा ससंकित मानिसहरुलाई चेक जाँच गर्ने क्रममा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ७४६६ नम्बरकोको मोटरसाईकलमा सवार दुईजनालाई चेकजाँच गर्दा नाइट्रोभेट ट्याब्लेट ३ हजार पिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका– १६ गंगापुर टोल बस्ने ३० वर्षीय प्रमोद मण्डल र हरिपुर नगरपालिका– १ बस्ने ३० वर्षीय अर्जुण कुमार यादब रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

















Discussion about this post