एजेन्सी/भदौ १ गते। भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार बिहान एक पत्रकारको गोली हानी ह त्या भएको छ ।
हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् ।
सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार आफ्नो बयान फेर्न दबाब दिइएको थियो ।
स्मरण रहोस्, दुई दिन अघि पनि अररियाको पलासी थाना क्षेत्रमा बस्ने तथा समस्थीपुरको मोहनपुर थानाको प्रभारीको हत्या पनि अपराधीले उनको पैतृक घरमा प्रवेश गरेर गरेका थिए ।
Discussion about this post