सिरहा/श्रावण ३० गते । सिरहाबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुईजना महिलालाई प क्राउ गरेको छ ।
जिल्लाको सिरहा नगरपालिका १४ खिरौना लच्का स्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोहीमा सवार दुईजनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ रन्जितपुर टोल बस्ने २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा १७ खैरटोका बस्ने ३० वर्षीया नमिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सप्तरी खडक नगरपालिका वडा नं. ५ रन्जितपुर टोल बस्ने बर्ष २५ की निरा कुमारी चौधरीले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट ) लागूऔषध, नेपाली रु २,८०५ ।-,मोबाईल ३ थान र सोही अटोमा सवार जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ खैरटोका बस्ने बर्ष ३० की नमिमा खातुनको साथबाट नेपाली नगद ३१,५०० ।- र मोबाईल १ थान बरामद भएकोले दुबै जनालाई लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post