जनकपुरधाम/श्रावण २९ गते । अन्तराष्ट्रिय युवा दिवसमा विभिन्न तीन चरणमा मनाइरहेको जिल्ला युवा सञ्जाल धनुषाले आज रक्तदान गरी मनाएको छ ।
सञ्जाल र स्पर्श नेपालको अगुवाई र जिल्ला युवा सञ्जाल धनुषाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यकममा जिल्ला युवा सञ्जाल धनुषा र स्पर्श नेपाल लगायत विभिन्न संस्थाका ३० जना युवा प्रतिनिधिहरुले रक्तदान गरेका हुन् । जिल्लामा विरामीहरुलाई रगतको अभाव भइरहेकाले आफुहरु युवा दिवसको अवसरमा रक्तादान कार्यक्रमको आयोजना गरी रगत संकलनमा सहयोग पुर्याएको सञ्जालका अध्यक्ष कुलदिप साहले बताएका छ्न ।
‘दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथः नवप्रवर्तन र उधमशिलतामा हरित सीप बिकास’ मुल नाराका सञ्जालको अगुवाईमा जनकपुरधाममा तीन चरणमा कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
तीन चरणमा पहिलो दिन दिप प्रज्वलन गरिएको थियो भने आज रक्तदान कार्यक्रम गरिएको र भोलि (मंगलबार) सचेतनामूलक कार्यक्रम गरिने अध्यक्ष कुलदिप साहले जानकारी दिएका छ्न ।

















Discussion about this post